Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कर्णाली प्रदेशसभा बिजनेस विहीन


सुर्खेत, २६ फागुन । लामो समय देखि बैठक सञ्चालन हुन नसक्दा कर्णाली प्रदेशसभा बिजनेस विहीन बनेको छ । माघ ६ गते मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिएपछि स्थगित भएको बैठक त्यसयता बस्न सकेको छैन । राजनीतिक अन्योलका कारण प्रदेशसभा आफ्नै तरिकाले अघि बढ्न सकेको छैन । प्रदेशसभाले सभामुख र उपसभामुख चयनबाहेक अन्य काम गर्न नसकेको पनि तीन महिना बिताएको सकेको छ । प्रदेशसभामा सांसदहरू आएको तीन महिना र सभामुख निर्वाचित भएको दुई महिना बितिसक्यो । तर, विषयगत समिति बन्ने निश्चित छैन ।

प्रदेशसभामा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास गरी ४ संसदीय समिति रहेका छन् । उक्त समितिले अहिलेसम्म पूर्णता पाएको छैन । प्रदेशसभा बैठक नहुँदा सांसदहरू फुर्सदिला बनेका छन् भने, कतिपय सांसदहरू पार्टीको काममा जिल्ला दौडाहा रहेका छन् । पुस १८ गते पहिलो बैठक बसको थियो । त्यस अवधिमा सभामुख र उपसभामुख निर्वाचन गरेको प्रदेश सभाले अन्य कामकारबाही अघि बढाउन सकको छैन । प्रदेश सभाका विषयगत चार समिति अझै गठन भएका छैनन् । सदन लामो समय स्थगित हुँदा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याहरू सुन्ने समय, विषय समय मार्फत सरकारको ध्यानाकर्षण गराउन पाएका छैनन् ।

निर्वाचित हुँदा जुन उत्साह बोकेर आएका थियौँ, सरकार र सांसदका गतिविधिले दुखी बनाएको छ, प्रदेश सभा सांसद घनश्याम भण्डारी भने, ‘हामी निर्वाचित भएर आएको लामो समय भइसक्यो, आवश्यक कानुनहरू बन्न सकेका छैनन् । जसले प्रदेश सरकारका काम लथालिङ्ग छन् । सरकारले बिजनेस दिन सकेकोमा गुनासो व्यक्त गर्नुभयो । यता प्रदेशसभा सचिव जीवराज बुढाथोकीले उपराष्ट्रपति चुनावपछि प्रदेशसभा बैठक बस्ने सक्ने बताए । सदन सञ्चालनका लागि सरकारले बिजनेस नदिएकाले बैठक बस्न नसकेको प्रदेश सभाले जनाएको छ ।


क्याटेगोरी : राजनीति, संसद, कर्णाली प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट