Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु, ६ जना घाइते


काठमाडौं । गोरखामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दुर्घटनामा गोरखाको आरुघाट गाउँपालिका घर भएका ट्रकका चालक उमेश श्रेष्ठ र दोलखाको सैलुङ गाउँपालिका–७ घर भइ राष्ट्रिय वाणिज्य बैंक गजुरी शाखामा कार्यरत ३२ वर्षका विष्णु खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका–६ बिसौनीमोडमा प्र–३–०१–००३ क ६१७० नम्बरको तरकारी बोकेको ट्रक हिजो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

दुर्घटनामा शहीद गाउँपालिका–७ घर भएका ३० वर्षकी रमला राना मगर, ५९ वर्षका लालबहादुर गुरुङ र ६८ वर्षका नारायण भुजेल, गोरखा नगरपालिका १० की ४९ वर्षकी सावित्री विक, बर्दिया घर भएका २८ वर्षका मङ्गल चौधरी र ठेगाना नखुलेका बुद्धीबहादुर नेपाली घाइते भएका छन् । गम्भीर घाइते दुई जनाको भरतपुर मेडिकल कलेज तथा अन्य घाइतेको गोरखा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #aaccident

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट