Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

समाजसेवी जगमोहन मेहेर कायस्थको निधन


ललितपुर, १ चैत । ललितपुर जिल्लाका समाजसेवी जगमोहन मेहेर कायस्थको निधन भएको छ। ८६ वर्षीय कायस्थको ललितपुर चापागाउँस्थित आफ्नै निवासमा मंगलबार बिहान निधन भएको हो।

बज्रवाराही उच्च माध्यामिक विद्यालयमा विज्ञान संकाय स्थापना गर्न र दक्षिण ललितपुरको शैक्षिक क्षेत्र उकास्न उनले योगदान दिएका थिए। आफूले बाल्यकालमा शिक्षा आर्जन गर्न भोगेको कठिनाइलाई मध्यनजर गर्दै धेरै गरिब विपन्न परिवारका बालबालिकालाई पढ्ने व्यवस्था मिलाएका थिए।

उनी सांगीतिक क्षेत्रमा पनि उत्तिकै अब्बल मानिन्थे। विशेषगरी नेपाल भाषाको गीत–संगीतका क्षेत्रमा लामो समय बिताएका उनलाई धेरैले जगमोहन बामीका रूपमा चिन्दछन्। उनले स्वर दिएको ‘झिन यानु मानि’ बोलको गीत चर्चित छ। दुई वर्षअघि गोदावरी नगरपालिका र गोदावरी साहित्य प्रतिष्ठानको आयोजनामा नाचघरमा ‘जगमोहन बामी एकल संगीत साँझ’ गरिएको थियो।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र मर्हजनले असल समाजसेवी,संस्कृतिविद्,शिक्षाप्रेमी र धार्मिक व्यक्तित्व गुमाएको बताएका छन्। वामीको अन्त्येष्टि मंगलबार नै गरिएको छ।


क्याटेगोरी : जनमञ्च, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट