Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आजदेखि काठमाडौंमा


काठमाडौं, २ चैत । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ_ को छैटौँ संस्करण आजदेखि काठमाडौंमा सुरु हुँदैछ।

‘विश्वभरका कथाको उत्सव’ नारासहित ६ गतेसम्म चल्ने महोत्सवमा ३५ देशका ९५ चलचित्र प्रस्तुत हुनेछन्। महोत्सवको दिउँसो ३ बजे सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ।

महोत्सवका चलचित्रलाई क्युएफएक्स चेनअन्तर्गतका चार हलमा देखाइने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिए। महोत्सवमा सात विधामा १४ पुरस्कार वितरण हुने जनाइएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्र प्रतिस्पर्धामा छन् ।


क्याटेगोरी : मनोरञ्जन, समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट