Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सरकारी निवास छोडे


काठमाडौं, २ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सरकारी निवास छाडेका छन् ।

उनी आज उपराष्ट्रपति भवन हरितगृहबाट निजी निवासमा सरेका हुन् । पुनको सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उहाँ आज अपरान्ह १ बजे उपराष्ट्रपति भवनबाट चन्द्रागिरी नगरपालिका वडा नं. १ दहचोकस्थित निजी निवासमा सर्नुभएको हो ।’

नेपालको संविधान बमोजिम चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुन लागेको सन्दर्भमा उपराष्ट्रपति निवासको आवश्यक मर्मत तथा सरसफाई सहजताका आजै उनी निजी निवासमा सरेका हुन् ।

नयाँ उपराष्ट्रपतिको पद तथा गोपनियताको सपथ तथा पदभार ग्रहण नभएसम्म उपराष्ट्रपति पुन निजी निवासबाटै उपराष्ट्रपतिको कार्यालय पुग्ने जनाइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट