Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्कुलको बसको ठक्करबाट कलैयामा तीन वर्षीय बालकको ज्यान गयो


सिमरा, ३ चैत । स्कुलको बसको ठक्करबाट बाराको कलैयामा शुक्रबार तीन वर्षीय बालकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका १ मोतिबाघस्थित बालमन्दिर नजिक बसले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा भारत मुझफरपुर घर भइ कलैया उपमहानगरपालिका १ मोतिबाघ बस्ने विनोदकुमार सोनारको तीन वर्षीय छोरा कार्तिककुमार साह रहेका छन् । वीरगन्ज महानगरपालिका १४ मा रहेको गुरुकुल एकेडेमीको ना२ख ४२१० नम्बरको बसले बालक साहको टाउकोमा किचेको थियो ।

जिल्ला प्रहरी कार्यालयबाट पाँच सय मिटर उत्तरपश्चिमतर्फ रहेको घटनास्थलमा पुगेको प्रहरीले बससहित चालक नन्दकुमार साहलाई नियन्त्रणमा लिएको छ ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट