Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

संविधानको पालना तथा कार्यसम्पादनमा निष्पक्षता र तटस्थतामा प्रतिबद्ध छु : राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यसम्पादनमा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताएका छन् ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद् र सात वटै प्रदेशका प्रदेश सभा सदस्यको सम्मानमा आज राष्ट्रपति भवन शीतल निवासमा गरिएको चियापान समारोहमा सम्बोधन गर्दै पदीय मर्यादा कायम राख्ने प्रतिबद्धता जनाएका छन् । उनले राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधान प्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन तत्पर रहने समेत बताए ।

उनले भने, ‘संविधानको पालना र संरक्षण गर्ने विषय अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ ।’ राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा आफू सजग रहेको उनको भनाइ छ ।

नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्ग निर्देशक सिद्धान्त रहने उनले बताए । समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डसहित उपप्रधानमन्त्री, मन्त्री, सांसदहरू, सातै प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा प्रदेश सभा सदस्यहरूको उपस्थिति रहेको थियो ।

गएको फागुन २९ गते पौडेलले राष्ट्रपति पदको पदभार सम्हालेका हुन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट