Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सुर्खेत उडेको बुद्ध एयरको विमानमा समस्या, फर्काएर काठमाडौं अवतरण


काठमाडौं । काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि १५ माइल उडान भर्नेवित्तिकै फर्किएको छ। बुद्ध एयरको एटीआर ७२ जहाजको इन्डिकेसनमा समस्या आएपछि सिमराको आकाशबाट फर्काइएको क्यानका प्रवक्ता जग्गनाथ निरौला बताएका छन् ।

जहाज सकुशल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएको छ। जहाजको सुरक्षित अवतरणपछि प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ। यता प्राधिकरणले उडानको चेकजाँचमा संलग्न दुई जना प्रविधिकलाई काममा रोक लगाइएको छ । जहाजमा ६२ जना यात्रु रहेका थिए ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट