Techie IT
  • २१ मंसीर २०८०, बिहीबार
Jhilko

पत्रकार महासंघ काठमाडौं शाखाद्वारा ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा


नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले एक लाख एक हजार एक सय ११ रुपैयाँ राशिको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ।

शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई यो पुरस्कार दिइने निर्णय भएको काठमाडौं शाखाका अध्यक्ष सूर्य सुवेदीले जानकारी दिए।

चैत्र २५ गते हुने साधारणसभाको अवसरमा उक्त पुरस्कार वितरण गरिने जनाइएको छ । शङ्खरापुर नगरपालिकाको जहरसिंह पौवामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्षको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गर्नुकासाथै समसामयिक बिषयमा नौ बुँदे शङ्करापुर घोषणापत्रसमेत जारी गरिएको छ ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #fnj

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट