झापामा कौडा खेल्ने तीन जना पक्राउ

झापा,५ चैत । गौरादह नगरपालिका १ गौरादह बजारस्थित घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका ३ बस्ने रुद्र भण्डारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घरमा कौडा खेलिरहेका छन् भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय गौरादहबाट खटिएको प्रहरीले उनीहरुलाई ४५ हजार ९ सय ४५ रुपैयाँ र १६ थान कौडासहित फेला पारी शनिबार पक्राउ गरेको हो ।
क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #pakrau
प्रतिक्रिया