Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पाल्पाको रिब्दीकोटमा टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु


पाल्पा, ५ चैत । पाल्पामा टिपरको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।

जिल्लाको रिब्दीकोट गाउँपालिका २ मसारमा भएको दुर्घटनामा सोही ठाउँका होमबहादुर लाम्टाङ्गेको मृत्यु भएको हो। रिब्दीकोटको सिद्देश्वर खानीबाट चुनढुंगा लिएर बुटवलतर्फ आउँदै गरेको लु २ ख २४४६ नम्बरको ट्रिपरकोबाट लाम्टाङ्गेको घटनास्थलमै मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता वीरेन्द्र थापाले जानकारी दिए।

टिपर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको उनले बताए।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट