Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्थगित भएका क्याम्पसमा १२ गतेभित्र स्ववियु चुनाव गर्न त्रिविको निर्देशन


काठमाण्डौं, ६ चैत । त्रिभुवन विश्वविद्यालय त्रिविले स्थगित भएका क्याम्पसमा आउँदो १२ गतेभित्र स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० चुनाव गर्न निर्देशन दिएको छ ।

त्रिविका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बास्कोटाले आउँदो १२ गतेदेखि परीक्षा सञ्चालन हुने भएकाले त्योभन्दा अगाडि नै चुनाव गर्न निर्देशन दिएका हुन् । उनले रोकिएका क्याम्पसमा आपसी सहमति गरी निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।

उनले केही क्याम्पसमा विद्यार्थी सङ्गठनको सामान्य विवादका कारणले मतदान स्थगन गर्नु परे तापनि धेरैजसो क्याम्पसमा शान्तिपूर्णरुपमा चुनाव सम्पन्न भएको बताए । १४ वर्षपछि हिजो त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त धेरैजसो क्याम्पसमा चुनाव भएको थियो ।

६२ आङ्गिक क्याम्पसमध्ये १३ क्याम्पसमा चुनाव रोकिएको छ । काठमाण्डौ उपत्यकामा त्रिचन्द्र, आरआर क्याम्पस, अमृत साइन्स क्याम्पस, पाटन संयुक्त क्याम्पस, नेपाल कमर्श क्याम्पस र विश्वभाषा क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध छ ।

यस्तै सबभन्दा धेरै विद्यार्थी भएको पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जिनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धौलागिरि बहुमुखी क्याम्पस बाग्लुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस पनि निर्वाचन प्रक्रिया रोकिएको छ । हिजो चुनाव भएका कतिपय क्याम्पसमा अन्तिम परिणाम आइसकेको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट