Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भुटानी फुटबल टिम काठमाडौं आइपुग्यो, लाओसको टिम पनि आउँदै


काठमाडौं, ६ चैत । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा बुधबारदेखि सुरु हुने प्रधानमन्त्री थ्री नेसन्स कप खेल्न भुटानी टिम काठमाडौं आइपुगेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगितामा भुटानसँगै आयोजक नेपाल र लाओसले प्रतिस्पर्धा गर्नेछन्।

सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई एन्फाका प्रवक्ता सुरेश साहले स्वागत गरे। प्रतियोगितामा सहभागी हुनका लागि लाओसको टिम पनि आजै ११ : २५ बजे आइपुग्ने एन्फाले बताएको छ।

अर्को शुक्रबार (मार्च ३१) सम्म चल्ने प्रतियोगिताका लागि एन्फाले साधारण प्यारापिटतर्फ पाँच सय र भीआईपीतर्फ एक हजार रूपैयाँ टिकट मूल्य कायम गरिएको छ। उद्घाटन खेलमा नेपालले बुधबार लाओससँग खेल्ने छ। यस्तै, भुटानसँग शनिबार खेल्ने छ। समूह चरणबाट शीर्ष दुई टिमले अर्को शुक्रबार हुने फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

समूह चरणका सबै खेल साँझ ६ बजेदेखि सुरु हुनेछन् भने फाइनल ५ :३० बजेदेखि हुनेछ।


क्याटेगोरी : खेलकुद, समाचार, बाग्मती प्रदेश
ट्याग : #football

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट