Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सल्यानमा आगलागीमा परी गम्भीर घाइते भएका चारजनालाई उपचारार्थ भारत लगियो


सल्यान, ७ चैत । सल्यानमा आगलागीमा परी गम्भीर घाइते भएका चारजनालाई थप उपचारका लागि भारत लगिएको छ। सोमबार राति जिल्लाको कुमाख गाउँपालिका–४ भण्डारखोलामा रहेको एक किराना पसलमा आगलागी हुँदा पाँच जना घाइते भएका थिए।

गम्भीर घाइते पसल सञ्चालक कुमाख गापा–४ भण्डारखोलाका २४ वर्षीय शंकर राना, २६ वर्षीय यज्ञ राना, २१ वर्षीय जीवन राना र २० वर्षीय सञ्जीव शाहलाई उपचारका लागि भारतको लखनउ पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए।

सामान्य घाइते १८ वर्षीय क्षेत्रमणि राना भने डिस्चार्ज भएको उनले बताए। सोमबार राति शंकरको पसलमा एक्कासी आगलागी भएको थियो। आगलागीका घाइते पाँच जनालाई कोहलपुर मेडिकल कलेज बाँके पठाइएको थियो।


क्याटेगोरी : समाचार, स्वास्थ्य, कर्णाली प्रदेश
ट्याग : #fire

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट