Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

खुम्बु क्षेत्रमा लेक लागेर एक विदेशी नागरिकको ज्यान गयो


सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्र भ्रमणमा आएका एक विदेशी नागरिकको लेक लागेर ज्यान गएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मौसम प्रतिकूल हुँदा शवको उद्धार तथा पहिचानमा समस्या भएको छ ।

खुम्बु क्षेत्रमा अहिले हिमपात भइरहेको खुम्बु पासाङल्हामु गाउँपालिका ४ का वडाध्यक्ष लक्ष्मण अधिकारीले बताए । यस क्षेत्रमा सञ्चार सेवासमेत प्रभावित हुँदा समस्या भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

 


क्याटेगोरी : पर्यटन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट