Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूतको भेट


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडलसँग नेपालका लागि चिनियाँ राजदूत छेन सङले भेट गरेका छन् ।

बुधबार उनीहरूबीच शितलनिवासमा भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

भेटमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको जनाइएको छ ।

पौडेल गत २५ फागुनमा राष्ट्रपति भएपछि राजदूत सङले पहिलोपटक भेट गरेका हुन् ।

यसअघि राष्ट्रपति पौडेलसँग नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव र अमेरिकी राजदूत डीन आर. थम्पसनले भेट गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट