Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

स्याङ्जामा श्रीमानले कुटेर श्रीमती मारे


स्याङ्जा, ९  चैत । श्रीमान र जेठाजुको कुटाइबाट घाइते पुतलीबजार नगरपालिका १३ निवासी कमला न्यौपाने सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ । गत माघ २२ गते श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटपिटबाट घाइते कमलाको उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

दुई छोरी र एक छोरा रहेकोमा घरमा सँगै रहने छोरी क्रिसला सानिमाको घरमा बसेको अवस्था पारेर श्रीमानले ज्यान मार्ने नियत राखी कुटपिट गरी बोल्न नसक्ने बनाई घरमै राखेको प्रहरीले बताएको छ । कुटपिट पछि बेहोस तथा गम्भीर अवस्थामा कमलालाई घरमा गाउँलेको भेटेपछि करिब १५ घण्टापछि अस्पताल लगिएको थियो ।

कुटपिटबाट घाइते कमलाको पोखरामा उपचार नभएपछि भेन्टिलेटरमा राखेर नर्भिकमा उपचारका लागि लगिएको थियो । कुटपिटमा संलग्न श्रीमान र जेठाजुलाई प्रहरीले माघ २४ गते नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

पक्राउ परेका श्रीमान र जेठाजुलाई प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर अगाडी बढाएकोमा जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई चैत ३ गते दुई लाख धरौटीमा छोडेको थियो ।

अदालतले कुटपिट गरेरै कमला घाइते भएको ठहर गर्दै श्रीमान लक्ष्मीप्रसादलाई भने पुर्पक्षका लागि जिल्ला कारागार पठाएको थियो । कुटपिटबाट घाइते कमलाको मृत्यु भएसँगै प्रतिवादीहरु श्रीमान र जेठाजुलाई कर्तव्य ज्यानमा मुद्दा चलाउने तयारी भइरहेको प्रहरी निरीक्षक पदमबहादुर थापाले बताए ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट