Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

शेयर बजारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा गुरुप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर


काठमाडौं । शेयर बजारमा भित्री कारोबार (इन्साइडर ट्रेडिङ) गरेको आरोपमा रिडी पावर कम्पनीका तत्कालीन अध्यक्ष गुरुप्रसाद न्यौपानेविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।

भित्री कारोबार गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले न्यौपानेविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । न्यौपानेले पदमा बहाल रहेको अवस्थामा शेयर खरिदरबिक्री गरेको विषयमा अनुसन्धान गर्दा भित्री कारोबार भएको पुष्टि भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

बोर्डले न्यौपानेविरुद्ध तीन करोड २३ लाख रुपैयाँ बिगो र एक वर्षसम्म कैद सजायको माग दाबी गरेको छ । बोर्डले उनलाई यसअघि नै कारबाही गरिसकेको छ ।

 


क्याटेगोरी : अर्थ, समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट