Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

एसीसी प्रिमियर कपको तालिका सार्वजनिक, नेपाल र ओमान एउटै समूहमा


काठमाडौं । एसिया कप क्रिकेट खेल्न पाउने मुख्य ढोका मानिएको एसीसी प्रिमियर कपको खेल तालिका सार्वजनिक भएको छ ।

एसियन क्रिकेट काउन्सिल (एसीसी) ले आज बिहीवार सार्वजनिक गरेको तालिकाअनुसार नेपाल र ओमान एउटै समूहमा परेका छन् । नेपालको समूहमा ओमान, कतार, मलेसिया र साउदी अरब छन् ।

समूह ुबीु मा यूएई, हङकङ, कुवेत, सिङ्गापुर र बहराइन छन् । प्रतियोगिता आउँदो वैशाख ५ देखि १८ गतेसम्म हुँदैछ । नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग त्रिवि क्रिकेट मैदानमा खेल्नेछ । वैशाख ८ गते ओमानसँग हुने खेललाई आईसीसीले एकदिवसीय मान्यता दिने भएको छ ।

दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट