Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

भारतीय चललिचत्र निर्देशक प्रदीप सरकारको निधन


काठमाडौं, चैत १० गते । भारतका चर्चित चललिचत्र निर्देशक प्रदीप सरकारको निधन भएको छ । ६७ वर्षीय सरकारको निधनबारे उनका साथी हंसल मेहताले सामाजिक सञ्जालमा जानकारी दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ ।

निर्देशक प्रदीपको निर्देशनमा परिणीता, हेलिकप्टर इला र मर्दानी जस्ता हिट फिल्म बनेका छन् । प्रदीपले सन् २००५ मा फिल्म परिणीताबाट निर्देशनको दुनियाँमा प्रवेश गरेका थिए । उनले सन् २००७ मा ‘लागा चुनरी मे दाग’, २०१० मा ‘लफंगे परिन्दे’ र २०१४ मा रानी मुर्ख्जीको फिल्म ‘मर्दानी’ निर्देशन गरेका छन् । फिल्मसँगसँगै उनले ‘फोर्बिडन लभ’ र ‘दुरंगा’ जस्ता वेब सिरिज पनि निर्देशन गरेका छन् ।

प्रदीपको निधनमा बलिउड शोकमा डुबेको छ । उनको निधनमा अभिनेता मनोज बाजपेयीले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् । उनी लेख्छन्, ‘यो घटनाले निकै स्तब्ध भएको छु । हजुरको आत्माले शान्ति पाओस।’


क्याटेगोरी : अन्तर्राष्ट्रिय, मनोरञ्जन, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट