Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आज मेघ गर्जनसहित वर्षाको सम्भावना


काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत लुम्बिनी, गण्डकी ,बागमती र कोशी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आइतबार पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट