Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मिटरब्याजबाट पीडित आन्दोलनकारीसँग सरकारले थाल्यो वार्ता


काठमाडौं। मिटरब्याजीको विरुद्द आन्दोलन गर्न काठमाडौं आइपुगेका आन्दोलनकारीसँग सरकारले वार्ता थालेको छ । आन्दोलनकारी आजै काठमाडौं आइपुगेका हुन् ।

प्रधानमन्त्रीको निर्देशनमा गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको नेतृत्वमा एक टोलीले काठमाडौं आएको थाह पाउने बित्तिकै आन्दोलनकारी बसेको ठाउँमै पुगेर वार्ता सुरु गरेको हो । आन्दोलनकारी अहिले मातातिर्थमा बसेका छन् ।

चैत २ गते महोत्तरीको बर्दिबासबाट हिँडेका उनीहरू आज दिउँसो मात्र काठमाडौं आइपुगेका हुन् । उनीहरु आफ्नो माग पूरा नभएसम्म काठमाडौंमा रहने बताएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट