Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विराटनगरमा पहिचानवादीहरुको प्रदर्शन, प्रहरीद्वारा दर्जनौं राउण्ड हवाईफायर


विराटनगर, १४ चैत । कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका छन्। ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन्।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीको राजीनामा माग गर्दै भएको प्रदर्शनमा उनीहरुले प्रहरीमाथि ढुङ्गामुढा समेत गरेका छन्। विराटनगरस्थित पाञ्चालीमा अहिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै प्रदर्शन भइरहेको छ। प्रहरीविरुद्ध ढुङ्गामुढा हुन थालेपछि १२ राउण्ड हवाईफायर भएको छ। प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको छ ।

उनीहरुले कोशी प्रदेश मान्दैनौं, हत्या हिंसा बन्द गर, लाजेहाङ अमर रहुन्, मुख्यमन्त्री कार्की मुर्दावाद, इन्द्रबहादुर आङबो औंला काट र पहिचानवादी एक हौं लगायतका नारा घन्काइरहेका छन्। प्रदर्शनस्थलमा अहिले ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। प्रदेश सरकारले भने गत फागुन १७ गते प्रदेशको नामकरण गरेको थियो। नामकरण खारेजीको माग गर्दै चैत्र ५ गते पहिलोपटक विराटनगरमा पहिचानवादीहरुले आन्दोलन गरेका थिए।

आन्दोलनमा परी प्रदर्शनकारीको तर्फबाट पदम बहादुर लिम्बू (लाजेहाङ) घाइते भएका थिए। उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर थिए। आन्दोलनरत पक्षले सुरक्षाकर्मीको लाट्ठी प्रहारबाट लिम्बूको मृत्यु भएको दाबी गरिरहेका बेला घटनासँग सम्बन्धित भिडियो सार्वजनिक भएपछि यस प्रकरणले नयाँ मोड लिएको छ। आन्दोलनकारीले प्रहार गरेको लाट्ठी उनको टाउकोमा लागेको भिडियोमा देख्न सकिन्छ। उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चैत ८ गते भर्ना गरिएका उनको चैत १० गते बिहान मृत्यु भएको थियो।

कोशी प्रदेश मन्त्रिपरिषदको बैठकले सोमबार नै उनको परिवारलाई राहत स्वरुप तीन लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट