Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पत्रकार कार्की डीएसीका विरुद्ध अदालत जाँदै


काठमाण्डौंको शिवशिखर सहकारी संस्थासँग पैसाको वार्गेनिङ गरेको आरोपमा गिरफ्तार भएकी र पछि अदालतबाट सफाइ पाएकी पत्रकार इञ्जिना कार्कीले महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडका डीएपी दिलवहादुर मल्ल विरुद्ध मुद्दा हाल्ने बताएकी छिन् ।

आफूलाई अनाहकमा पक्राउ गरेर हिरासतमा राखेको, २८ दिनसम्म मानसिक रुपमा प्रताडित गरेको र मुद्दा मिलाई दिन्छु भन्दै पैसाको वार्गेनिङ गरेको आरोपमा कार्कीले मल्ल विरुद्ध मुद्दा दर्ता गर्ने बताएकी छिन । एउटा सहकारीका कर्मचारीको षडयन्त्रमा परेर आफूलाई प्रहरीले नियोजित रुपमा फसाएको उनले बताइन ।

‘लेनदेनको विषयमा सहकारीले मलाई षडयन्त्रपूर्वक फसायो । मैले पैसा लिनु पर्ने थियो, वार्गेनिङ गरेको भन्दै पक्राउ गर्यो। हिरासतमा हुँदा डीएसपी मल्लले मिल्न समेत दिएनन्। म र ज्ञानेन्द्र शर्माको बीचमा उनी खडा भए’ उनले भनिन–‘हिरासतमा पनि अनावश्यक दुःख दिए। घरपरिवारलाई मासु, गुट्खा, चुरोट अनि सेल रोटीको पैसा थुनुवाले तिरिदिनुपर्ने। त्यसो गरेन भने भेटघाट वन्द गर्दिन्छु भन्थे। २८ दिन हिरासतमा वस्दा डीसपी मल्लको टर्चर धेरै खेप्नु पर्यो।’

तत्कालीन एसएसपी अशोक सिंहका दाहिने हात भनेर चिनिने मल्लको हरेक गतिविधिमा सिंहको मिलेमतो रहेको कार्कीको आशंका छ। ‘डीएसपीले डेढ/दुई लाख रुपैयाँ मलाई हेर्दिनु हुन्छ भने म मिलापत्र गर्दिन्छु, यहाँबाट छोडदिन्छु भनेको थियो। तर, मैले दिन’ कार्कीले भनिन्–‘तपाईलाई म हजार रुपैयाँ पनि दिन्न भनेपछि कुट्न पनि खोज्नु भयो। अन्त्यमा अदालतबाट सफाइ पाएँ।’

कार्कीलाई जिल्ला अदालत काठमाण्डौंले चैत ६ गते सफाई दिएको हो। एन्जिना विरुद्ध सुर्ती ब्यापारी ज्ञानेन्द्र शर्माले ‘आपराधिक लाभसम्बन्धी मुद्दा दर्ता गरेका थिए । उनकै मुद्दाका आधारमा इञ्जिनालाई महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले ०७८ मंसिर २२ गते पक्राउ गरेको थियो।

एन्जिनाले आफूसँग १६ लाख रुपैयाँ लिएको र अरु मिडियालाई पनि मिलाउनु पर्छ भन्दै बार्गेनिङ गरेको शर्माले वताएका थिए। तर, ठग भनेर पक्राउ गराइएकी उनै एन्जिनाले ज्ञानेन्द्र विरुद्ध चेक बाउन्सको मुद्दा चलाएपछि उनी मिलापत्र गर्न तयार भए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट