Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

कोरोना सङ्क्रमित बढ्न थालेसँगै सीमा नाकामा निगरानी


काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण फेरि बढ्न थालेको छ । गएको भदौ मसान्तमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ११० थियो । त्यसपछि क्रमशः घटेर शून्यमा पुगेको सङ्क्रमण पछिल्लो एक सातामा बढ्दै गएको हो ।

चैत ८ गते शून्य सङ्क्रमण रहेकोमा चैत १३ गते आइपुग्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले देखाउँछ ।

चैत १५ गते ३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार १४ गते २४ जनामा, १२ गते १६ जनामा, ११ गते ३ जनामा, १० गते २ जनामा र ९ गते १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

भारतमा कोरोना सङ्क्रमित बढेकाले नेपाल–भारत सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई सङ्क्रमण देखिएको निर्देशक डा. दासले बताए । नेपाल–भारत सीमा नाका श्रीनगर, कृष्णनगर, बेलहिया, गड्डा चौकी हुँदै नेपाल प्रवेश गर्नेहरूमा सङ्क्रमण पुष्टि भएको उनले सुनाए । उनले भने, ‘भारतको उत्तर प्रदेशमा कोरोना सङ्क्रमणको केस बढिरहेकाले सोही प्रदेशसँग जोडिएको सीमा नाकाको प्रवेश बिन्दूमा सङ्क्रमित पाइएको छ ।’

केही दिन यता सङ्क्रमितको संख्या बढ्न थालेकाले सीमा नाकाहरूमा निगरानी बढाइएको उनले जनाए । सबै सीमा नाकामा भारत हुँदै नेपाल प्रवेश गर्नेहरुलाई परीक्षणलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

उनले भने, ‘सीमा नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूलाई निगरानी बढाइएको छ । सङ्क्रमितलाई कडाइका साथ मापदण्डमा आधारित नियम पालना गर्न भनेका छौँ ।’

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जुनसुकै भेरियन्ट आए पनि कोभिड–१९ को जोखिम कम गर्न सबैले सजगता अपनाउनुपर्ने बताए । नेपालमा ओमिक्रोन भन्दा सङ्क्रामक मानिएको ‘एक्सबीबी.१.१६’ को संक्रमण पुष्टि भएको छैन ।

महाशाखाका निर्देशक डा।दासका अनुसार जिन सिक्वेन्सिङका लागि नमुना सङ्कलन कार्य भइरहेको छ । सङ्क्रामक मानिएको ‘एक्सबीबी १.१६’ भेरिएन्ट २०० भन्दा बढीमा पुष्टि भइसकेको छ । यद्यपि नेपालमा बीए ५.२, बीएम १.१.३ पुष्टि भएको छ ।


क्याटेगोरी : समाचार, स्वास्थ्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट