Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित पाँच जना निलम्बित


बारा, १७ चैत । बारामा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित पाँच जना निलम्बित भएका छन् । आदर्श कोतवाल गाउँपालिकामा रहेको महेन्द्र आदर्श जयनगर च्युटाँहा मावि परीक्षा केन्द्रबाट माध्यमिक शिक्षा परीक्षा (एसईई) को प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्रध्यक्षसहित पाँच जनालाई निलम्बन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बसेको एसईई परीक्षा समितिको बैठकले केन्द्रध्यक्ष दिनेशप्रसाद साह, सहायक केन्द्रध्यक्ष पदमराज चौधरी, विजय चौधरी, परीक्षा निरीक्षक कुन्दनप्रसाद कुशवाहा र श्यामकिशोर गुप्तालाई निलम्बन गरेको छ भने सामाजिक सञ्जालमार्फत प्रश्नपत्र सार्वजनिक गर्ने विद्यार्थीको आजको परीक्षा रद्द गरिएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए ।

हटाइएका केन्द्राध्यक्षसहितको ठाउँमा नयाँ शिक्षकलाई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी सापकोटाले बताए ।


क्याटेगोरी : समाचार, मधेस प्रदेश
ट्याग : #see

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट