Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पेरिस ओलम्पिक : एसिया छनोटका लागि महिला फुटबल टोलीको घोषणा


काठमाडौं । पेरिस ओलम्पिकको एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि आज २२ सदस्यीय नेपाली महिला टोलीको अन्तिम नाम सार्वजनिक गरिएको छ । नेपालमा आयोजना हुने एसिया छनोटअन्तर्गत पहिलो चरणको खेलका लागि नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा २२ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

छनोट हुने नेपाली टोलीको गोलकिपरमा कप्तान एन्जिलासहित अञ्जना रानामगर र उषानाथ छन् । त्यस्तै डिफेन्डरमा समीक्षा घिमिरे, हीराकुमारी भुजेल, अमृता जैशी, विमला विक, निशा थोकर, पूजा राना र सिर्जना चेम्जोङ छन् । यसैगरी मिडफिल्डरमा रेनुका नगरकोटी, विमला चौधरी, सरु लिम्बू, दीपा शाही, सविता रानामगर, अनिता बस्नेत र अनिता केसी छन् भने फरवार्डमा अमिषा कार्की, रेखा पौडेल, सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ र निर्मला विक छन् ।

ओलम्पिकको एसिया छनोटमा नेपाल समूह ुसीु मा परेको छ । यस समूहमा नेपाल र भियतनाम छन् । यसै समूहमा रहेका प्यालेस्टाइन र अफगानिस्तानले नखेल्ने भन्दै नाम फिर्ता लिएपछि दुई टोलीमात्र सहभागी हुन लागेका हुन् ।

छनोटअन्तर्गत नेपालले त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भियतनामसँग दुई खेल खेल्नेछ । नेपालले पहिलो खेल यही चैत २२ गते खेल्नेछ भने दोस्रो खेल चैत २५ गते खेल्नेछ । छनोटको शीर्षस्थानको टोलीले दोस्रो चरणमा स्थान बनाउनेछन् ।

 


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट