Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

गुल्मीमा तीन दिनमा ६९ वटा कुकुरको बन्ध्याकरण


गुल्मी, १८ चैत १८ । तीन दिनसम्म सञ्चालन भएको कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रमअन्तर्गत तम्घासमा ६९ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।

तम्घास बजारमा भुस्याहा कुकुरको आतङ्क बढेपछि रेसुङ्गा नगरपालिकाको समन्वयमा भेटेनरी तथा पशु सेवा विज्ञ केन्द्र, गुल्मीको आयोजनामा बुधवारदेखि तीन दिनसम्म कुकुरको बन्ध्याकरण गर्ने कार्यक्रम सञ्चालन गरिएको हो ।

जसमा बुधवार २२, बिहीबार २३ र शुक्रवार २४ कुकुरको बन्ध्याकरण गरिएको हो । बन्ध्याकरण गरिएका सबै कुकुरलाई रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।


क्याटेगोरी : समाचार, लुम्बिनी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट