Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

१८ जना सहसचिवको सरुवा


काठमाडौं । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले १८ जना सहसचिवको सरुवा गरेको छ। सरुवा सूचीअनुसार सामन्यको अतिरिक्त समूहमा रहेका रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रीनाथ गैरे, पार्वती अर्याल र शिवकुमार कार्कीलाई क्रमशः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (अतिरिक्त समूह) बुटवल उपमहानगरपालिका, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण प्रसाद रेग्मीलाई सामाजिक विकास मन्त्रालय सुदूर पश्चिमको प्रदेश सचिव, अस्मान तामाङलाई श्रम, रोजगार तथा यातायात मन्त्रालय बाग्मती प्रदेश सचिव र उक्त मन्त्रालयका सुरेश राउतलाई गृह मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाका डा.नरहरिप्रसाद घिमिरेलाई कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उक्त मन्त्रालयमा कार्यरत डा.लेखराज दाहाललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ।

सामान्यका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी डा.सुधा देवकोटालाई कोशी प्रदेशको स्वास्थ्य मन्त्रालय र त्यहाँका अनुज भट्टचनलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय दलित आयोगका नारायणप्रसाद शर्मालाई कर्णाली प्रदेशस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कोशीका कृष्ण प्रसाद सापकोटालाई राष्ट्रिय दलित आयोगमा सरुवा गरिएको छ ।

सामान्यका प्रवक्ता एवं सहसचिव कमल भट्टराईका अनुसार गण्डकी प्रदेशका प्रदेश सचिव बद्रीराज ढुङ्गानालाई वन तथा वातावरण मन्त्रालय, लुम्बिनी प्रदेशका प्रदेश सचिव दीपकराज नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा, वन तथा वातावरण मन्त्रालयका सहसचिव विनोदप्रसाद देवकोटालाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, कर्णाली प्रदेशका प्रदेश सचिव नवराज पुडासैनीलाई वन तथा वातावरण मन्त्रालयमा पठाइएको जानकारी प्रवक्ता भट्टराईले दिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट