Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

विराटनगरमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै, प्रहरीद्वारा अश्रुग्यास र हवाई फायर


मोरङ, ५ चैत । प्रदेशसभाबाट कोशी प्रदेश नामकरण गरेको विरोधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ । साथै सुरक्षाकर्मीहरूले दर्जनौं सेल अश्रुग्याससमेत प्रहार गरेका छन् ।

प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आदिवासी जनजाति समुदायले प्रदर्शन गर्दै आएका छन् । आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो ।

प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यासका साथै हवाई फायर गरेका हुन् । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ ।

 


क्याटेगोरी : कोशी प्रदेश
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट