Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सम्मानजनक सहभागिता नभए सरकारमा सामेल नहुने शेखर समूहको घुर्क्याई


काठमाडौं । नेपाली कांग्रेसभित्र मन्त्री बनाउने विषय पेचिलो बनेको छ । संस्थापनइतर समूहले सम्मानजनक सहभागिताको माग गरेको छ । शुक्रबार बिहान समूहका नेता डा. शेखर कोइरालाले आफूनिकट पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

छलफलपश्चात् नेता कोइरालाले आफ्नो समूहले सम्मानजनक सहभागिता नपाए सरकारमा सहभागी नहुने सन्देश प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पार्टी सभापति शेरबहादुर देउवालाई पठाएको बैठकमा सहभागी सहमहामन्त्री जीवन परियारले जानकारी दिए ।

“हामी छलफलमा बसेको थियौँ । सम्मानजनक सहभागिता नभए आफ्नो समूह सरकारमा नजाने र बाहिरै बस्ने भनेर हामीले प्रधानमन्त्री र सभापति दुवैलाई भनेका छौँ,” परियारले भने ।

शेखर समूहले तीन मन्त्रालय पाउनुपर्ने माग गरेको छ । संस्थापन समूहले भने दुई मन्त्रालय दिने तयारी गरेको छ । छलफलमा नेता कोइरालासहित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार सहभागी थिए ।


क्याटेगोरी : राजनीति
ट्याग : #breaking, #congress, #shekhar koirala

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट