Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याउने सीता एअरमाथि छानबिन सुरु


काठमाडौं । सीता एअरलाइन्सको विमानले दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याइदिएपछि नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले छानबिन सुरु गरेको छ ।

सीता एअरले गएको १५ गते दाङबाट काठमाडौं आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याएको थियो । काठमाडौंका लागि टिकट काटेका १४ जना यात्रुलाई नेपालगञ्ज पुर्‍याएर आफू अरू क्षेत्रको उडानमा लागेको देखिएपछि छानबिन सुरु गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए ।

नेपालगञ्ज पुर्‍याएका यात्रुलाई सीता एअरले अरू एअरलाइन्सका जहाजमार्फत त्यही दिन काठमाडौं पठाएको थियो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट