Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बेलुकीपख हावाहुरी र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने संभावना


काठमाडौं । धेरै ठाउँको मौसम अहिले सफा भए पनि बेलुकीपख मेघगर्जन र चट्याङसहित पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

दिउँसोदेखि नै मौसम बदली भइ बेलुकीपख हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद् सजिना शाक्यले जानकारी दिए । उनका अनुसार आज बाग्मती, कोशी, गण्डकी र सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा बेलुकीपख मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने सम्भावना छ।

केही दिनयता दिनहुँ बेलुकीपख पानी पर्ने गरेको छ । पश्चिमी वायुसँगै स्थानीय वायु पनि सक्रिय भएकाले पानी परिरहेको मौसमविद् शाक्यले बताए । उनका अनुसार प्रिमनसुनमा बिहान मौसम खुले पनि दिउँसो पछि बदली भएर पानी पर्ने हुन्छ । अहिले पश्चिमी वायु सक्रिय भइरहेकाले लगातारजसो मौसम बदली भइ पानी परिरहेको हो ।

उच्च पहाडी र हिमाली जिल्लाका एक÷दुई ठाउँमा हिमपातसमेत भएको छ । यसले गर्दा चिसो बढाएको छ । पश्चिमी वायु सक्रिय हुँदा चिसो हावा बहने भएकाले बिहान र बेलुका जाडो नै छ । आज काठमाडौं उपत्यकामा पनि बेलुकीपख पानी पर्ने अनुमान छ ।

पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा सबैभन्दा धेरै पानी परेको छ । त्यहाँ ३० मिलिमिटरभन्दा धेरै वर्षा भएको मौसमविद्ले बताएका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट