Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

श्रीमतीसँग गेष्टहाउसमा बस्दै आएका युवक झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौं, २० चैत । दुबईबाट फर्किर श्रीमतीसँग गेष्टहाउसमा बस्दै आएका एक युवक मृत अवस्थामा भेटिएका छन्। ताप्लेजुङ घर भएका २८ वर्षीय वसन्त पौडेल झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

उनी वैदेशिक रोजगारीमा दुबई गएका थिए। दुबईबाट फर्किएको चार दिनमा उनी मृत भेटिएका हुन्। दुबईबाट फर्किएर उनी २४ वर्षीया श्रीमती सुमित्रा केसीसहित भक्तपुरको अतिथि गेष्टहाउसमा बस्दै आएका थिए।

सोही गेष्टहाउसको दोस्रो तलाको बाहिरपट्टि डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा उनी मृत भेटिएका हुन्। यसबारेमा प्रहरीले अनुसन्धान अघि बढाएको छ।


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट