Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता, पेसी भोलि


काठमाडौं, २० चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ सर्वोच्च पुगेका हुन् ।

सर्वोच्चका प्रवक्ता विमल पौडेलले अमेरिकी नागरिक नै रहेको अवस्थामा नेपालको राहदानी लिएको विषयमा सभापति लामिछानेविरुद्ध रिट दर्ता भएको जानकारी दिइन् ।

सर्वोच्चका प्रवक्ता पौडेलका अनुसार रिट अध्ययनपछि दर्ता भएको हो । उक्त रिटको पेसी भोलि (मङ्गलबार) का लागि तोकिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #rabi lamichhane

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट