Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

प्रहरीले गरिब, असहायका मुद्दा सुनिदिनुपर्छ : मन्त्री श्रेष्ठ


काठमाडौं । उपप्रधान एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरीलाई गौरव गर्न लायक सङ्गठनका रूपमा स्थापित गरिने बताएका छन् । उनले गैरकानुनी क्रियाकलाप रोक्न प्रहरी सक्षम हुनुपर्ने बताए ।

प्रहरी प्रधान कार्यालयको आज सोमवार अनुगमन गर्दै मन्त्री श्रेष्ठले नेपाली नागरिकले नेपाल प्रहरीलाई नयाँ रूपमा देख्न पाउनुपर्ने उनको भनाइ छ । उनले नयाँ नीति, योजना, आचरण र संस्कृति निर्माण गर्नुपर्नेमा जोड दिए ।

‘गरिब, असहाय र पीडित मान्छे प्रहरी कार्यालयमा जान्छन् । उनीहरूका मुद्दा प्रहरीले सुनिदिनुपर्छ । वास्तविक नागरिकका मुद्दा प्रहरीले सुनिदिनुपर्छ र हेरिदिनुपर्छ’, अनुगमनका क्रममा उहाँले भन्नुभयो, ‘लाभ र सुविधा केन्द्रित बनाउनेमा हामीहरू केन्द्रित हुनुहुँदैन ।’

सबैले राष्ट्र र नागरिकलाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनले जोड दिए । नागरिकलाई सेवा दिन राज्यका सबै संयन्त्र लाग्नुपर्ने उपप्रधानमन्त्रीको भनाइ छ । प्रहरी सङ्गठनले जति काम गर्न सक्यो त्यति यो परिवर्तन नागरिकसम्म पुग्ने उनको भनाइ छ । परिवर्तनको रक्षाका लागि पनि कार्यशैलीमा सुधार गर्दै नागरिकले त्यसलाई अनुभूति गर्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले निर्देशनका लागि उपप्रधान एवम् गृह मन्त्रीप्रति कृतज्ञता ज्ञापन गरे । उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा प्रहरीको वृत्तिविकासमा प्रभावकारी कदम चालिनेमा आफू आशावादी रहेको उनको भनाइ थियो । उपप्रधानमन्त्री श्रेष्ठले पोलिग्राफ सेक्सन, डाटा सेन्टर, डिजिटल फरेन्सिक ल्याबलगायतको अनुगमन गरेका थिए ।

निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवान एवम् भिडियो कन्फेरेन्समार्फत सात वटै प्रदेश प्रहरी कार्यालय, गण, तालिम केन्द्र, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय तथा सबै जिल्लाका प्रहरी प्रमुखलाई सम्बोधन गरेका थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट