Techie IT
  • १५ जेठ २०८१, मंगलबार
Jhilko

दाङका एक युवकको जापानमा मृत्यु


दाङ, २१ चैत । दाङका एक युवकको जापानमा मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका– ३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको छ।

जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका थिए। आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो। उनीसँग शुक्रबार मात्रै कुराकानी भएको बुबा कर्णबहादुर बुढाले जानकारी दिए।

उनका अनुसार अघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान गएका हुन्। ​खिमका बुबा कर्णबहादुर तुलसीपुर उपमहानगरपालिका ३ का वडा सदस्य हुन्।


क्याटेगोरी : प्रवास, समाचार
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट