Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै


काठमाण्डौं, २१ चैत । आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्ष चैत शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै आएको छ ।

दुई हजार ६२२ वर्षअघि यसैदिन वैशालीको क्षत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवम् रानी त्रिशलाको छोराका रूपमा महावीरको जन्म भएको थियो । उनले राजकीय सुखसुविधा त्यागेर ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको र १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी मानव कल्याणमा लागेको जैन धर्मका जानकारहरु बताउँछन् ।

महावीरले आफ्ना अनुयायीका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचार्य र अपरिग्रहका सिद्धान्त परिपालन गरेका थिए । नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष महावीर जयन्ती मनाउने गरिएको छ । महावीर जयन्तीका अवसरमा नेपाल जैन परिषद्ले जैन भवन कमलपोखरीमा कार्यक्रम गरेको छ ।

यसैबीच राष्ट्रपति रामचन्द्र पौडेलले जैन धर्मका प्रवर्तक महावीरको जन्मजयन्तीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्दै महावीरले अहिंसा र संयमको उत्कृष्ट साधना गर्नुका साथै जनकल्याणका लागि गरेको मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार, साहित्य

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट