Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको अधीनमा मात्र छैन : कृषिमन्त्री भुसाल


काठमाडौं, २१ चैत । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले रासायनिक मलको आवश्यक व्यवस्था मिलाउने काम सरकारको अधीनमा मात्र नरहेको बताएका छन् । रासायनिक मलको अभाव रहे पनि कहिले आयात हुन्छ भन्न सकिने अवस्था नरहेको उनले प्रस्ट पारे ।

अरू मुलुकको यातायात व्यवस्था कत्तिको सहयोगी हुन्छ भन्ने कुराले यसको निर्धारण गर्ने भएकाले मलको आयात यति नै हुन्छ भन्न सक्ने अवस्था नरहेको मन्त्री भुसालको भनाइ थियो ।

मंगलबार राष्ट्रियसभा बैठकमा सांसदहरूका जिज्ञासाको जवाफ दिने क्रममा उनले यो वर्षका लागि मलको आवश्यक व्यवस्था मिलाउन करिब ७५ प्रतिशत सम्झौता भइसकेको बताए । तर, त्यसलाई ल्याउने कुराको टुंगो नभएको सदनलाई जानकारी गराए ।

मन्त्री भुसालले किसानका समस्या समाधानका निम्ति सांसदहरूले दिएको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिबद्धता पनि जनाए ।

 


क्याटेगोरी : कृषि, समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट