Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

पोखरा–१८ मा वडाध्यक्ष पदको मतगणना पुनः गर्न उच्च अदालतको आदेश


काठमाडौं । पोखरा महानगरपालिका वडा नम्बर १८ मा वडाध्यक्ष पदको मतगणना पुनः गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको इजलासले आउँदो वैशाख २० गते मतगणना गर्न मङ्गलवार आदेश दिएको हो ।

पोखरा–१८ मा वडाध्यक्षमा नेपाली कांग्रेसका शिवप्रसाद तिमिल्सिना तीन मतले विजयी भएका थिए। यस मतगणनाप्रति असन्तुष्टि जनाउँदै नेकपा एमालेका पुष्कल थापाले उच्च अदालतमा मुद्दा दायर गरेका थिए । थापाले चुनावमा खसेको मतभन्दा नौ मत कम भएको भन्दै त्यसको खोजी गरिदिन मुद्दा दायर गरेका थिए । उनले निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, मुख्य निर्वाचन अधिकृत र नवनिर्वाचित वडाध्यक्षलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए ।

पोखरा–१८ मा पाँच हजार आठ सय ४३ जना मतदाता रहेकामा चार हजार तीन सय ४८ मत खसेको थियो । गणनाका क्रममा चार हजार तीन सय ३९ वटा मतपत्र मात्र भेटिएको थियो । कांग्रेसका तिमिल्सिनाले एक हजार छ सय ४३ मत ल्याउँदा एमालेका थापाले एक हजार छ सय ४० मत पाएका थिए । नेकपा माओवादी केन्द्रका राजु शर्मा तिमिल्सिनाले सात सय दुई मत ल्याएका थिए । अन्य चार जना सदस्य भने नेकपा एमालेले जितेको थियो । खुला सदस्यमा नमराज सुवेदीले एक हजार सात सय ४९ र रमेशबहादुर थापाले एक हजार आठ सय ५६ मत प्राप्त गरेका थिए । महिला सदस्यमा कल्पना ढकाल क्षेत्रीले एक हजार आठ सय २८ मत र दलित महिला सदस्य मिनाकुमारी नेपालीले एक हजार आठ सय ५६ मत पाएकी थिइन्।


क्याटेगोरी : समाचार
ट्याग : #hot

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट