Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

अमेरिकी डलर साटिदिने बहानामा लुटपाट गर्ने समूह पक्राउ


काठमाडौं, २३ चैत । सस्तो दरमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने बहानामा लुटपाट पर्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानमा अमेरिकी डलरसँग नेपाली रूपैयाँ साटिदिने प्रलोभनमा पारी श्रृङखलाबद्ध रुपमा ठग्ने र लुट्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका(५ सिङगाचेका २४ वर्षीय विकास तामाङ, बाह्रबिसे ५ कै २८ वर्षीय साजन तामाङ र बाह्रबिसे ५ सिखोरङका ३५ वर्षीय प्रेमबहादुर तामाङ रहेका छन्। धादिङको सुनौलो बजार गाउँपालिका ७ का ३२ वर्षीय सुरेश कोइराला र धनकुटाको बेलरा ७ का ३२ वर्षीय दिपक दमाईलाई पनि प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका ५ जनामाथि ठगी मुद्दामा कारवाही तथा अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।

 


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट