Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

आकाशमा कावा खाँदै गर्दा तालमा खसेका चिलका बच्चाको उद्धार


पोखरा, २६ चैत । फेवातालको आकाशमा कावा खाँदै गर्दा तालमा खसेका तीन वटा कालो चिलका बच्चाको स्थानीयले उद्धार गरेका छन्। पोखरा( ६ बैदामको गैहको चौतारा क्षेत्रको तालमा खसेका कालो चिलका बच्चाको उद्धार गरिएको हो।

उड्दै गरेका चिलहरू एक्कासि एकपछि अर्को गरी तालमा खसेर डुब्न थालेपछि डुंगामा गएर डुब्दै गरेका चिलको उद्धार गरिएको स्थानीय खिम लामिछानेले बताए। तालमा चिल खसेर डुब्दै गर्दा अरू चिलहरू डुब्दै गरेको चिलको नजिकै गएर उद्धार गर्न खोजेको दृश्यले छिटो उद्धार गर्न प्रेरित गरेको पनि उनले सुनाए।

तालमा खसेका तीन वटा चिलहरूमध्ये एउटालाई भने बचाउन नसकिएको उद्धारमा संलग्न स्थानीय सुनील चौलागाइँले बताए। दुई वटा चिलको जीवितै उद्धार गरिएको उनले बताए।

तालमा खसेका चरा कालो चिल प्रजातिको चराको बच्चा भएको र उडान सिक्ने क्रममा खसेको हुन सक्ने चरा विज्ञ कृष्ण भुसालले बताए। यति बेला चिलले बच्चा हुर्काएर उड्न सिकाउने समय नै भएकाले उडान भर्ने क्रममा चरा तालमा खसेको हुन सक्ने उनको भनाई छ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट