Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सङ्घीय सरकारले समन्वय गर्नै नचाहेपछि सिंहदरबारको फोहर रोकियो : बालेन्द्र शाह


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पालिका सरकारले पटक पटक पहल गर्दा पनि सङ्घीय सरकारले समन्वय गर्नै नचाहेका कारण बाध्य भएर सिंहदरबारको फोहर रोक्नुपरेको बताएका छन् ।

सिंहदरबारको फोहर नउठाएपछि भइरहेको चर्चाको फेसबुकमार्फत् जवाफ दिँदै उनले विभिन्न विषयमा सङ्घीय सरकारसँग पटक–पटक पहल गरेको भए पनि सङ्घीय सरकारले समन्वयकारी भूमिका नखेलेको उल्लेख गरेका छन् ।

स्थानीय समस्याहरु पालिकामा नै समाधान हुन सकून् । सङ्घीय सरकारले त्यसलाई प्राथमिकतामा राखेर गाँठो फुकाइदिओस् भनेर गरिएका प्रयास असफल भएपछि दबाबका लागि फोहर रोक्नु बाध्यता रहेको उनको भनाइ छ। मेयर शाहले सिंहदबारबाट पाँच सय मिटरको दूरीमा रहेको महानगरपालिकाको कार्यालयले पटक पटक पहल गर्दा त समन्वय नगर्ने सङ्घीय सरकारले अरु पालिकालाई कस्तो व्यवहार गरेको होला भने प्रश्न पनि गरेका छन् ।

अव्यवस्थित बस्ती व्यवस्थापन, ट्राफिक लाइट व्यवस्थापन, मूर्ति चोरी, विदेशी नियोगले मिचेको फुटपाथ व्यवस्थापन, सामुदायिक विद्यालयका शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने, सरकारी अस्पताल सरसफाइ, बीमा, सर्वोच्च अदालतले दिएको मन्त्रालयको माथिल्लो तला भत्काउने आदेशको पालना, विमानस्थलको नक्सा पास, ५२ वर्षदेखि तीनकुनेमा सरकारले जग्गा मिचे पनि जग्गाधनीलाई मुआब्जा लगायतका थुप्रै विषय समाधानका लागि महानगरपालिकाले पटक पटक सङ्घीय सरकारसँग गरेको पहलको विवरण राख्दै मेयर शाहले ती काममा सिंहदरबारले बेवास्ता गरेको बताएका छन् ।

https://www.facebook.com/photo.php?fbid=784398859719038&set=a.196862011806062&type=3

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट