Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

हेटौँडामा पेस्तोलसहित एक जना पक्राउ


हेटौँडा, २७ चैत । जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगपालिका वडा नं ३ स्थित सरस्वती पट्रोल पम्प अगाडिबाट हेटौँडा १२ स्थित पदमपोखरीका वर्ष ४४ का सुमन भन्ने सुरेश घलानलाई पेस्तोलसहित पक्राउ गरेको हो ।

पूर्व पश्चिम लोकमार्ग सडक खण्डमा नेवारपानीतर्फबाट हेटौँडा बजार आउँदै गरेको घलानलाई शङ्का लागि निजको शरीर तथा निजले बोकेको झोला जाँच गर्दा उक्त झोलाभित्र पेस्ताल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार अमेरिकामा बनेको भनेर लेखेको म्यागजिनसहितको पेस्तोल फेला परेका घलानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट