Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

मोरङका पदमबहादुर बुढाथोकीको साउदी अरबमा मृत्यु


उर्लाबारी, ३० चैत । मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं ७ का ३९ वर्षीय पदमबहादुर बुढाथोकीको साउदी अरबमा मृत्यु भएको छ ।

बुढाथोकी डेढ वर्ष अघि साउदी अरब गएका थिए। चैत २८ गते आफ्नै कोठामा पदम मृत भेटिएको खबर आएको मृतकका दाजु श्यामबहादुर बुढाथोकीले बताए । बुढाथोकीको शब नेपाल ल्याउन नेपाली दूतावास मार्फत पहल भइरहेको श्यामले जानकारी दिए । पदमका दुई छोरा र श्रीमती छन् ।


क्याटेगोरी : प्रवास, समाचार, कोशी प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट