Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

रङ्गेलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु


उर्लाबारी, २ बैशाख । मोरङ रङ्गेली विराटनगर सडक खण्ड अन्तर्गत रङ्गेली ४ स्थित आमतोला चोकमा शनिबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ जना सामान्य घाइते भएका छन् । घाइतेमध्ये चार जना गम्भीर छन् ।

इलाका प्रहरी कार्यालय रङ्गेलीका अनुसार ग्रामथान गाउँपालिका ५ की ६५ वर्षीया वैशाखी चौधरीको घटना स्थलमै मृत्यु भएको छ । पश्चिमीबाट रङ्गेली तर्फ आउँदै गरेको कोशी प्रदेश ०१–००१ त ९५५३ नम्बरको ट्याक्टर अनियन्त्रित हुँदा ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा २० जना सवार थिए । घाइते हुनेमा ग्रामथान ५ का ६२ वर्षीय दुखिया चौधरी, २६ वर्षका अनिल माझी, टेकनारायण माझी, सुनिल चौधरी, ५० वर्षका टिकाराम माझी, ६५ वर्षका मधुराम माझी , २५ वर्षकी रिता कुमारी माझी, ५ वर्षीय रितेश माझी, ३५ वर्षीया रिता चौधरी छन् ।

यस्तै, ४३ वर्षीय अनुलाल माझी, ४२ वर्षीया पुरनसरी चौधरी, ३५ वर्षीया सुनिता भगत, १० वर्षीय बिकेस भगत छन्। यसै गरी, रङ्गेलीकी २० वर्षीया जानकी कुमारी माझी, ३१ वर्षीया सुनवर्ति चौधरी, तीन वर्षीय जितनी चौधरी, तीन वर्षीय रायन चौधरी र ४० वर्षीय किन्ती चौधरी घाइते भएका छन् । घाइतेमध्ये रङ्गेली अस्पतालमा चार जनाको उपचार भइरहेको छ भने १३ जनालाई उपचारका लागि विराटनगर पठाइएको छ ।


क्याटेगोरी : समाचार, कोशी प्रदेश
ट्याग : #death

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट