Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

सरकारी राजस्वसम्बन्धी सर्भर डाउन हुँदा चेकसमेत साटिएन


काठमाण्डौं, ४ वैशाख । सरकारी राजस्वसम्बन्धी सर्भर डाउन हुँदा राजस्व सङ्कलन प्रभावित बनेको छ । आज बिहान ११ बजेदेखि १ बजेसम्म सरकारी राजस्वसम्बन्धी सर्भर डाउन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

‘यस कार्यालयबाट सञ्चालित प्रणाली आरएम आईए, टीएसए, सीजीएएस, सुत्र, पीएएमएस लगायत प्रणालीमा प्राविधिक समस्या देखिएकाले आज बिहान ११ बजेदेखि १ बजेसम्म प्रणाली सञ्चालन हुन नसकेकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दछौँ’, कार्यालयले निकालेको सूचनामा भनिएको छ ।

दिउँसो १ बजेपछि सर्भर सञ्चालनमा आए पनि पूर्णरूपमा भने सञ्चालनमा आउन नसकेको महालेखा नियन्त्रकको कार्यालयका सूचना अधिकारी गायत्रीरमण खनालले जानकारी दिए । ‘दिउँसो तीन घण्टा सर्भर पूर्णरूपमा डाउन भएको थियो, १ बजेपछि सञ्चालनमा आउँदा एकै पटक धेरैले सर्भर चलाउन स्लो भएको छ’, उहाँले भन्नुभयो ।

उनका अनुसार सरकारी सर्भरमा समस्या देखिएपछि आज अनलाइनमार्फत हुने राजस्व सङ्कलन ठप्प भएको छ । राजस्व सङ्कलनसँगै काटिएका चेकसमेत नसाटिएको उनले बताए ।


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट