Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

बागलुङको खानेपानी संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मा पक्राउ


बागलुङ, वैशाख ४ गते । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रबन्धक हिमालप्रसाद शर्मा पक्राउ परेका छन् । बागलुङ नगरपालिका –३ सुल्डाँडास्थित खानेपानी प्रशोधन केन्द्रमा कार्यरत कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा शर्मा पक्राउ परेका हुन्

कर्मचारी र परिवारका सदस्यमाथि शर्माले अभद्र व्यवहार गरेको सूचनाको आधारमा पक्राउ गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक राजाराम खडकाले जानकारी दिए । पक्राउ पर्ने शर्मा बागलुङ नगरपालिका –३ रात्माटाका स्थानीयवासी हुन् ।


क्याटेगोरी : समाचार, गण्डकी प्रदेश
ट्याग : #pakrau

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट