Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

राष्ट्रपति पौडेललाई थप उपचारका लागि भारत लगिँदै


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लैजाने तयारी भएको छ । स्वास्थ्यमा सुधार नभएपछि उनलाई एअर एम्बुलेन्सबाट भारत लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पौडेलका अनुसार पौडेललाई बुधबार बिहान साढे ९ बजे श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतको नयाँदिल्लीमा रहेको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा लैजान लागिएको हो ।

राष्ट्रपति पौडेलको अहिले त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई हिजो अस्पताल लगिएको थियो । तर, स्वास्थ्यमा सुधार नभएपछि उनलाई आज भारत लैजान लागिएको हो ।

यस अघि पनि स्वास्थ्यमा समस्या देखिएपछि उहाँ गएको चैत १८ गते अस्पताल भर्ना भएका थिए । उनी चैत २२ गते अस्पतालबाट डिस्चार्ज भएका थिए । तर, फेरि स्वास्थ्यमा समस्या देखिए पछि उनलाई हिजो अस्पताल लगिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट