Techie IT
  • १२ साउन २०८१, शनिबार
Jhilko

धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु


काठमाडौं, ६ वैशाख । धादिङमा मोटरसाइकल र स्कुटर ठोक्किँदा मंगलबार एक जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको प्रदेश ३–०२–००६ प ५८२६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको बा।प्र। ०२–०३ प १६५५ नम्बरको स्कुटर एकापसमा ठोक्किँएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलका चालक गोरखा नगरपालिका–९ बस्ने २६ वर्षीय लक्ष्मण बानियाँ रहेका छन् । दुर्घटनामा घाइते भएकोमा उनको उपचारका क्रममा गजुरी अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक गजुरी गाउँपालिका–२ बस्ने ५५ वर्षीय चेतनारायण श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ


क्याटेगोरी : समाचार, बाग्मती प्रदेश

प्रतिक्रिया


धेरै पढिएका

ताजा अपडेट